इटहरीमा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

Newslaya Home

इटहरीमा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

आइतबार ०९, चैत २०७६

इटहरी । इटहरी–४ मा महिलाहरुलाई लक्षित गरी पाँच दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । महिला सदस्य लक्षमी चापागाईँको अध्यक्षतामा शनिबार उक्त तालिम सम्पन्न भएको हो ।

नेप्ली मिडिया प्रालिले आयोजना गरेको तालिममा ३० जना महिलाको सहभागीता रहेको थियो । नेप्ली मिडियाले विगत लामो समय देखि यस्ता विभिन्न तालिमहरु गर्दै आएको छ ।

समापन कार्यक्रममा नेकपा इटहरी नगर सदस्य रमेश खत्री र वार्ड सदस्यहरुको उपस्थीति रहेको थियो ।