कोरोनाबाट रियाल मड्रिडका पूर्व अध्यक्षको मृत्यु

Newslaya Home

कोरोनाबाट रियाल मड्रिडका पूर्व अध्यक्षको मृत्यु

आइतबार ०९, चैत २०७६

काठमाडौं । कोरोना भाइरसका कारण स्पेनिश क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका ७६ वर्षका सान्जको शनिबार मृत्यु भएको हो ।

उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष थिए ।

सान्जको मृत्युबारे उनका छोरा लोरेन्जो सान्ज दुरानले सामाजिक संजाल ट्वीटरमा ट्वीट गरेर जानकारी दिएका हुन् ।