भारतमा कोरोना संक्रमण बढ्दो, एकैदिन ७१ जना संक्रमित

Newslaya Home

भारतमा कोरोना संक्रमण बढ्दो, एकैदिन ७१ जना संक्रमित

आइतबार ०९, चैत २०७६

नयाँ दिल्ली । भारतमा ३२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । शनिबारमात्रै थप ७१ जनामा कोरोनाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संक्रमितमध्ये तनि सय जनाको अस्पतालमा उपचार भइरहेको छ । २३ जना उपचारपछि निको भएका छन् ।

दैनिक भास्करका अनुसार एक बालकमा पनि कोरोना देखिएको छ । कोरोना परीक्षणमा ४ वर्षीय बालकमा नतिजा पोजेटिभ देखिएको हो । उनको जोरहट मेडिकल कलेज र अस्पताल ल्याबमा परीक्षण गरिएको थियो ।

जोरहटकी उपायुक्त रोशनी अपरञ्जी कोरातीले बच्चाको पुनः नमूना परीक्षणका लागि लाहोरस्थित आईसीएमआर ल्याबमा पठाइएको बताइन् ।

कोरोनाका कारण भारतमा चार जनाको मृत्यु भएको छ ।