विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा राखियो

Newslaya Home

विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा राखियो

शनिबार ०८, चैत २०७६

काठमाण्डौ । जापान, मलेसियालगायत मुलुकबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ ।

शनिबार सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरका हुन् ।
४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेका उनीहरु आफूखुसी नेपाल आएका कारण १४ दिन क्वारेन्टाइनमा बस्ने आफैले नै खर्च व्यहोर्नुपर्ने भएको छ ।

बुधबार सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।