कोरोना भाइरसबाट पूर्व गोरखा सैनिकको मृत्यु

Newslaya Home

कोरोना भाइरसबाट पूर्व गोरखा सैनिकको मृत्यु

शनिबार ०८, चैत २०७६

एजेन्सी । बेलायतको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा ंपूर्व गोरखा सैनिकको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीबाट संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको हो ।

केही दिनअघि मात्र अस्पतालबाट घर आएका उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि फेरि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो । हाल सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आएका राई सन् २००८ मा बेलायत आएका थिए ।

सेकेण्ड गोरखा राइफल्समा १७ वर्ष सेवा गरेका राईको आर्मी नम्बर २११६०५८१ थियो । उनी श्रीमती र छोराबुहारीका साथ युकेमा बसोबास गरिरहेको बताइएको छ ।