झुटो खबरको भ्रममा नपर्न नेपाली सेनाको आग्रह

Newslaya Home

झुटो खबरको भ्रममा नपर्न नेपाली सेनाको आग्रह

शनिबार ०८, चैत २०७६

काठमाडौं । नेपाली सेनाले हेलिकप्टबाट कोभिड १९ विरुद्ध विषादि छरिने भनी भाइरल भएको अडियो झुटो भएको बताएको छ ।

उक्त भाइरल अडियो झुटो तथा मनगढन्ते भएको भन्दै यस्तो भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको हो । सेनाले नेपाल सरकारको योजनाबमोजिम रोकथाममा लाग्ने र सबै उपायहरु अवलम्बन गर्ने सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेनाले कोरोना भाइरसको महामारी न्यूनिकरण तथा प्रभावकारी व्यवस्थापनका लागि तयारी गरेको पनि जनाएको छ ।