दिल्ली एयरपोर्टमा अलपत्र परेका २८ नेपाली फर्किए

Newslaya Home

दिल्ली एयरपोर्टमा अलपत्र परेका २८ नेपाली फर्किए

शनिबार ०८, चैत २०७६

काठमाडौँ । भारतको दिल्ली एयरपोर्टमा अलपत्र परेका २८ नेपालीहरु नेपाल फर्किएका छन् ।

शनिबार बिहान नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरेपछि करीब २४ घन्टापछि उनीहरु काठमाडौं आर्लेका हुन् ।

युएईबाट एयर इण्डिया फ्लाइटमार्फत नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा केहि समय रोकेपछि उनीहरु अलपत्र परेका थिए ।