विजयपुरमा फेला परेको तामाको सिक्का पुरातत्व विभागलाई बुझाइयो

Newslaya Home

विजयपुरमा फेला परेको तामाको सिक्का पुरातत्व विभागलाई बुझाइयो

शनिबार ०८, चैत २०७६

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१४ स्थित ऐतिहासिक स्थल विजयपुरमा रहेको पिण्डेश्वर विद्यापीठ परिसरमा पुरानो तामाको सिक्का फेला परेको छ ।

गत चैत ६ गते पिण्डेश्वर विद्यापीठ परिसरमा संरचना बनाउनालागि जग खन्ने क्रममा १ सय ६० थान पुरानो तामाका सिक्का फेला परेको हो । उक्त गाड धन पुरातत्व विभागलाई अनुसन्धानका लागि जिम्मा लगाइएको छ ।

पुरातात्त्विक महत्त्वका सिक्काहरू साथै धातुका चुरा १४ नं वडाका अध्यक्ष कृष्ण भट्टराईले नगर प्रमुख तिलक राईको रोहबरमा पुरातत्त्व विभाग काठमाडौँ र प्रदेश संग्राहलय धनकुटालाई अनुसन्धानका लागि शनिबार बुझाएको हो ।

उक्त सिक्काहरूको गहन अध्ययन अनुसन्धान पछि पुनःफर्काएर धरान–१४ स्थित बहुजातीय संग्राहलयमा राख्ने सहमतिका आधारका शनिवार वडा नं १४ कार्यालयबाट जिम्मा लगाएको हो । निकै पुराना सिक्का भएकाले इतिहास पल्टाएर नै अनुसन्धान गर्नुपर्ने प्रदेश संग्रालयका प्रमुख चन्द्र प्रसाद अधिकारीले बताए ।

१ सय ६० थान सिक्का सँगै एउटा तामाको बाला, ढुङ्गा जस्तो सानो डोली पैसा पनि भेटिएको छ । जग खन्ने क्रममा जमिनमुनि भेटिएको सो खजाना सिक्कामा सुरेन्द्र विक्रम शाह लेखिएको र इष्ट इन्डिया कम्पनी लेखिएको छ ।