इटहरीमा स्कुटर दुर्घटना हुँदा तीन जना घाइते

Newslaya Home

इटहरीमा स्कुटर दुर्घटना हुँदा तीन जना घाइते

शनिबार ०८, चैत २०७६

इटहरी । सुनसरीको इटहरी–७ बज्राहा स्थित सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

भित्रि सडक खण्डमा को २१ प ६६२८ नम्बरको स्कुटर पैदलयात्री स्थानीय ६३ बर्षिय भुन्नीदेबि चौधरीलाई ठक्कर दिएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनाबाट भुन्नीदेबिको निधारमा चोट लागेर गम्भीर घाइते भएकी छिन् भने स्कुटर चालक १६ बर्षिय सन्ध्या चौधरीको दुबै खुट्टा तथा निधारमा चोट लागेको र पछाडी सवार उनकै बहिनी १२ बर्षिय सस्मिना चौधरी सामन्य घाइते भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

घाइते तीनै जनाको एपेक्स अस्पताल इटहरीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।