कोरोनाबाट ज्यान गएकोबारे गलत प्रचार गर्ने पक्राउ

Newslaya Home

कोरोनाबाट ज्यान गएकोबारे गलत प्रचार गर्ने पक्राउ

शनिबार ०८, चैत २०७६

काठमाडौं । काठमाण्डौंको नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमणले मान्छेको मृत्यु भएको भनेर गलत प्रचार गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ ।

भक्तपुर सिपाडोलमा अनाधिकृत रुपमा अनलाइन सञ्चालन गर्दै आएका रामेछापका विवेक थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

अफवाह फैलाउने मगरलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने साइबर अपराध अनुसन्धान ब्यूरोका एसएसपी नविन्द्र अर्यालले बताए ।

नर्भिक अस्पतालमा मान्छे मरेको भनेर तयार पारेको अडियो सन्देश सामाजिक सञ्जालमा भाइरल भइरहेको बेला अस्पतालले भने शनिबार नै विज्ञप्ति जारी गरि अडियो सन्देश भ्रामक भएको स्पष्ट पारिसकेको छ ।