स्यालको आक्रमणबाट ३ महिने बालिकाको मृत्य

Newslaya Home

स्यालको आक्रमणबाट ३ महिने बालिकाको मृत्य

शनिबार ०८, चैत २०७६

अछाम । अछाममा स्यालको आक्रमणबाट ३ महिने बालिकाको ज्यान गएको छ ।

कमलबजार नगरपालिका–१० लाँचीका लालबहादुर देउवा र धौलिदेवी देउवाकी ३ महिनाकी छोरी मैसरालाई बिहीबार दिउँसो स्यालले मारेको प्रहरीले जनाएको छ ।

आफ्नै घरको आँगनमा सुताइराखेको बेला स्यालले बालिकालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको बेला यस्तो घटना भएको जनाइएको छ ।