बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित महिलाको मृत्यु

Newslaya Home

बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित महिलाको मृत्यु

शनिबार ०८, चैत २०७६

काठमाण्डौ । पोल्यान्डमा बच्चालाई जन्म दिएलगत्तै कोरोना सङ्क्रमित आामाको मृत्यु भएको छ । ती २७ वर्षीया महिलासहित पोल्यान्डमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

उनी विश्वमै कोरोना सङ्क्रमण भएर कम उमेरमा ज्यान गुमाउने पहिलो महिला भएकी छिन् । ती महिलालाई आफ्नै आमाबाट कोरोना भाइरस सङ्क्रमण भएको मानिएको छ ।

उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट कोरोना सङ्क्रमण भएको मानिएको छ । महिलाले जन्माएको बच्चा भने स्वस्थ रहेको जनाइएको छ ।