अलिबाबाका संस्थापक ज्याक माले नेपाललाई स्वास्थ्य सामग्री दिने

Newslaya Home

अलिबाबाका संस्थापक ज्याक माले नेपाललाई स्वास्थ्य सामग्री दिने

शनिबार ०८, चैत २०७६

काठमाण्डौ । कोरोना भाइरससँग जुध्न चिनियाँ व्यापारी (अलिबाबाका संस्थापक) ज्याक माले नेपाल लगायत १० मुलुकलाई स्वास्थ्य सामग्री दिने भएका छन् ।

माले १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मो्मिटर उपलब्ध गराउने भएका हुन् । नेपाल, श्रीलंका, अफगानिस्तान, म्यानमार, बंगलादेश, मंगोलिया, माल्दिभ्स, , कम्बोडिया, पाकिस्तान र लावस लाई सहयोग गर्ने उनले ट्विटरबाट जानकारी दिएका छन् ।

उनले उक्त सहयोग छिटो भन्दा छिटो उपलब्ध गराउने बताए । भारतका ठूला व्यापारी मुकेश अम्बानीलाई पछि पार्दै उनी एसियाकै धनी व्यक्तिमा सूचीकृत भएका थिए।