भारदहमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Newslaya Home

भारदहमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

शनिबार ०८, चैत २०७६

सप्तरी । सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा ट्रकको ठक्करबाट शनिबार (आज) बिहान साइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारदाहका अन्दाजी ३० वर्षीय कामी मुखिया रहेको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका मुखियाको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ७३०८ नंको ट्रकले मुखिया सवार साइकललाई ठक्कर दिएको थियो ।