अफगानिस्तानमा भएको गोली हानहानमा सात लडाकूको मृत्यु

Newslaya Home

अफगानिस्तानमा भएको गोली हानहानमा सात लडाकूको मृत्यु

शनिबार ०८, चैत २०७६

काठमाण्डौ । अफगानिस्तानको भएको गोली हानहानमा सरकार समर्थित चार जना लडाकू र विद्रोही तीन लडाकूको मृत्यु भएको छ ।

पूर्वी कापिसा प्रान्तमा तालिबान लडाकूको एक समूहले निजरब जिल्लाको एक प्रहरी चौकीमा शनिबार बिहान आक्रमण गरेको प्रान्तीय प्रहरी प्रवक्ताले जनाएका छन् । दुबै तर्फ झण्डै एक घण्टा गोली हानाहान भएको जनाइएको छ ।

शुक्रबार राति तालिबानको आक्रमणमा दक्षिणी जाबुल प्रान्तमा दुई दर्जनभन्दा बढी सैनिकको ज्यान गएको थियो ।