युएईमा दुई जना कोरोना संक्रमितको मृत्यु

Newslaya Home

युएईमा दुई जना कोरोना संक्रमितको मृत्यु

शनिबार ०८, चैत २०७६

काठमाडौं । युएईमा पहिलो पटक कोरोना भाइरस संक्रमितको मृत्युका भएको पुष्टि भएको छ ।

युएईका अधिकारीहरुले कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । युएईमा यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।

युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना संक्रमणबाट भएको मृत्युको पुष्टि गरेको हो । मन्त्रालयले युरोपबाट आएका ७८ वर्षीय साउदी नागरिक र युएई बस्दै आएका ५८ वर्षीय एसियन नागरिकको मृत्यु भएको जनाइएको छ ।

दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । तीमध्ये एक जनामा मुटुको समस्या र अर्कोमा मिर्गौलासम्बन्धी समस्यासमेत पाइएको अधिकारीहरुको भनाइ छ । युएईमा कोरोना संक्रमितको संख्या १४० पुगेको छ ।