झापामा कैदीबन्दीको पैसा समेत क्‍वारेन्टाइनमा

Newslaya Home

झापामा कैदीबन्दीको पैसा समेत क्‍वारेन्टाइनमा

शनिबार ०८, चैत २०७६

भद्रपुर । झापा कारागारमा कोरोना भाइरस संक्रमणबाट बच्‍न उच्च सतर्कता अपनाइएको छ।

झापा कारागार प्रशासनले कारागारभित्र रहेका कैदबन्दीलाई चाहिने कुनै पनि वस्तु क्वारेन्टाइनमा नाराखी प्रवेश गर्न दिएको छैन । कैदीका आफन्तले ल्याएको नगद पैसासमेत पाँच दिनसम्म क्वारेन्टाइनमा राखिने गरेको जनाइएको छ ।

क्वारेन्टाइनमा पाँच दिनसम्म राखेपछि मात्र कैदीले आफ्नो पैसा पाउने व्यवस्था गरिएको झापा कारागारका जेलरले जानकारी दिएका छन् । कारागारमा पुर्पक्षका लागि आउने नयाँ कैदीबन्दीलाई छुट्टै स्वास्थ्य परीक्षण गरेर मात्र भित्र प्रवेश गर्न दिएको जनाइएको छ ।