कोरोना संक्रमणबाट इटलीमा एकैदिन ६ सय २७ जनाको ज्यान गयो

Newslaya Home

कोरोना संक्रमणबाट इटलीमा एकैदिन ६ सय २७ जनाको ज्यान गयो

शनिबार ०८, चैत २०७६

काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट इटलीमा २४ घण्टामा ६ सय २७ जनाको ज्यान गएको छ । योसँगै इटलीमा ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्ममा चार हजार ३२ पुगेको छ ।

यस्तै २४ घण्टामा पाँच हजार ९ सय ८६ जनामा संक्रमण पुष्टि भएर संक्रमितको संख्या ४७ हजार २१ जना पुगेको छ । भारतमा पनि संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा एक जनाले ज्यान गुमाएर भारतमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

यस्तै एकै दिन ४० जना संक्रमित पुष्टि भएर संक्रमितको संख्या दुई सय ४९ पुगेको छ ।