उदयपुरमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु

Newslaya Home

उदयपुरमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु

शनिबार ०८, चैत २०७६

उदयपुर । उदयपुरको त्रियुगा–९ झिल्के चोक स्थित एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ चुहाडेबाट गाईघाट तर्फ आउदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा झिल्के चोकका ६२ बर्षीय तिलक दनुवार र १४ बर्षीय रोशन दनुवारको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका तिलकको जिल्ला अस्पताल उदयपुरमा र रोशनको न्युरो अस्पताल बिराटनगरमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सोही एम्बुलेन्सको ठक्करबाट घाइते भएका ३२ वर्षीय राज कुमार दनुवारको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।