इटहरीमा प्रथम प्रदेस स्तरीय फुटसल प्रतियोगिता सम्पन्न

Newslaya Home

इटहरीमा प्रथम प्रदेस स्तरीय फुटसल प्रतियोगिता सम्पन्न

शनिबार ०८, चैत २०७६

इटहरी । सुनसरीको इटहरीमा प्रथम प्रदेस स्तरीय नकाउट फुटसल प्रतियोगता सम्पन्न भएको छ ।

इटहरी–१० स्थित एसडी फुटसलमा भएको शम्भु वास्तोला स्मृति प्रथम प्रदेस स्तरिय नकाउट फुटसल प्रतियोगता पाथिभरा फुटसल इटहरी विजयी भएको हो ।

प्रदेस नम्बर १ का विभिन्न १२ वटा फुटसल टिमको सहभागिता रहेको खेलमा पाथिभरा फुटसल इटहरीले बिग फुटसल धरानलाई चार एक गोल अन्तरले हराउदै उपाधि जितेको हो ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल क्रिकेट संघ क्यानका पुर्व केन्द्रीय सदस्य लक्ष्मण बास्तोला , इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरा दाहाल , एसडी फुटसल सञ्चालक विष्णु रिजाल, फुटसलका कोषाध्यक्ष मुरारी अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

विजेता टिमलाई नगद ३० हजार सहित शिल्ड , प्रमाण पत्र खेलकुद सामाग्री र उपविजेतालाई नगद २० हजार ,शिल्ड ,प्रमाण पत्र र विभिन्न खेलकुद सामाग्री प्रदान गरिएको आयोजक समिप बास्तोलाले जानकारी दिए ।