झापाबाट नक्कली आर्मी बनेर ठगी गर्ने व्यक्ति पक्राउ

Newslaya Home

झापाबाट नक्कली आर्मी बनेर ठगी गर्ने व्यक्ति पक्राउ

शनिबार ०८, चैत २०७६

झापा । झापाको काँकरभिट्टाबाट नक्कली आर्मी बनेर लाखौं ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

आर्मी हुँ भन्दै प्रलोभनमा पारी किराना पसलेहरुलाई ठगी गरेको आरोपमा भद्रपुर नगरपालिका–१४ का ४६ वर्षीय राज कुमार राउतलाई पक्राउ गरिएको हो ।

मेचीनगर नगरपालिका–१२ चारआलीमा सुम्निमा पारुहाङ्ग किराना पसल संचालन गरी बस्ने डाक बहादुर राईलाई आफू आर्मी भएको बताउँदै सामान सस्तो मुल्यमा उपलब्ध गराइदिन्छु भनि चारआली आर्मि ब्यारेकमा गाडी पठाउन अनुरोध गरेका थिए ।

राईले गाडी र पैसा एक लाख दुई हजार पठाएकोमा राउतले बाटोमानै गाडी चालक ख्याम कुमार अधिकारीलाई भेटि नगद लिई तपाई गाडि लिएर आर्मि ब्यारेक गेटमा आउनु भनी भागेका थिए ।

उनले झापाको चन्द्रगढी, चारआली, धुलावारी, बिर्तामोड, मोरङ्गको उर्लावारी, बिराटनगर र सुनसरीको धरान, ईटहरी, गोर्खा, काभ्रे लगायतका दर्जनौ स्थानहरुमा किराना पसलहरुलाई आर्मीको व्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै सयौ मानिसहरुलाई झुक्काई लाखौ रकम ठगी गरी भाग्ने गरेको प्रहरीले जनाएको छ ।