भोजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

Newslaya Home

भोजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

शनिबार ०८, चैत २०७६

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ नाम्लादुङ स्थित चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार पानी सहित हावाहुरी आईरहेको समयमा चट्याङ पर्दा स्थानीय ५७ बर्षीय दुर्गामाया गिरीको मुत्यु भएको हो ।

आफ्नै घरमा बसीरहेको अवस्थामा चट्याङ लागेर गिरीको मुत्यु भएको हो भने अन्य दुई जना घाइते भएको सोही वडाका अध्यक्ष पूर्ण प्रसाद राईले जानकारी दिए ।
घाइते हुनेमा सोही ठाउँ बस्ने ६७ वर्षीय मित्रशोभा गिरी र १४ वर्षीय बालक रहेको जनाइएको छ ।

घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ भने मित्रमायालाई थप उपचारका लागि जिल्ला अस्पताल भोजपर ल्याइएको वडाध्यक्ष राईले बताए ।