कोरोना प्रभाव : हलेसी गुफामा पूजा आराधना बन्द

Newslaya Home

कोरोना प्रभाव : हलेसी गुफामा पूजा आराधना बन्द

शुक्रबार ०७, चैत २०७६

खोटाङ । कोरोना भाइरसको महामारीबाट जोगिन हलेसी गुफामा पूजा आराधनामा रोक लगाइएको छ । हलेसी तुवाचुङ नगरपालिका, हलेसी मन्दिर व्यवस्थापन समिति र सुरक्षा निकायको शुक्रबार बसेको संयुक्त बैठकले तीर्थालुलाई गुफाभित्र प्रवेश गरेर पूजा आराधना गर्न रोक लगाएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले भने, ‘कोरोना भाइरस महामारीबाट जोगिन अर्को व्यवस्था नभइन्जेलसम्म गुफामा प्रवेश गरेर पूजाआराधना गर्न रोक लगाइएको हो ।’ उनले भने, ‘तर बाल पूजारीबाट हुने नित्य–नैनित्य पूजा भने हुनेछ ।’

महामारीका कारण आगामी चैत्र २० गतेको रामनवमी मेला समेत बन्द गरिएको नगरप्रमुख राईले बताए ।