विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएका बालक मृत फेला

Newslaya Home

विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएका बालक मृत फेला

शुक्रबार ०७, चैत २०७६

बुटवल । रुपन्देहीको ओमसतिया ५ मा गत मंगलबारदेखि हराएका बालक मृत फेला परेका छन् ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–५ सपहीका ज्वाला हरिजनका १० वर्षीय छोरा आकाश आज (शुक्रबार) घर नजिकै खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको ढुङ्गा र इँटा प्रहार गरेर हत्या भएको आशंकामा एक जना स्थानीय युवकलाई नियन्त्रणमा लिएको हो । १० वर्षीय आकाश गत मंगलबार बिद्यालयबाट घर फर्किने क्रममा हराएका थिए । छोरा हराएपछि बाबुले प्रहरीमा खोजतलासका लागि ५ गते निवेदन समेत दिएका थिए ।

खोजतलासकै क्रममा आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । प्रहरीले अनुसन्धानकै क्रममा स्थानीय १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको पनि प्रहरीले जनाएको छ । उनले बयानका क्रममा आफुले हत्या गरेको प्रहरी समक्ष बताएका छन् ।