दिल्ली एयरपोर्टमा २८ नेपाली अलपत्र

Newslaya Home

दिल्ली एयरपोर्टमा २८ नेपाली अलपत्र

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका २८ जना नेपाली अलपत्र परेका छन् ।

शुक्रबार बिहान युएईबाट एयर ईण्डिया फ्लाईटमार्फत एयरपोर्ट आइपुगेका उनीहरु अलपत्र परेका हुन् । कोरना चेक गर्ने भन्दै समय लम्व्याएपछि प्लेन छुटेको र अहिले नेपाल जान ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरी टिकट काट्नु परेको पीडित नेपालीहरुले बताएका छन् ।