इटहरीमा युवा विकास मञ्चद्धारा निःशूल्क माक्स वितरण

Newslaya Home

इटहरीमा युवा विकास मञ्चद्धारा निःशूल्क माक्स वितरण

शुक्रबार ०७, चैत २०७६

इटहरी । सुनसरीको इटहरी–५ पचरुखीमा निःशूल्क माक्स वितरण गरिएको छ ।

शुक्रबार युवा विकास मञ्च इटहरीले कोरोना भाइरसको त्रास बढेसँगै सर्वसाधारणलाई निःशूल्क माक्स वितरण गरेको हो ।

कोरोनबाट जोगिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग र सचेतना जगाउन अहिलेको आवश्यकता भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको मन्चका अध्यक्ष राम थापाले बताए ।

लामो समय देखि इटहरी क्षेत्रमा सक्रीय रहेको मन्चले पचरुखीमा रहेको शुक्रबारे साप्ताहिक हटियामा आएका स्थानीयहरुलार्ई अभियानको रुपमा माक्स वितरण गरिएको जनाइएको छ ।

6 4

33 1