सवारीसाधनको टिकटमा ठगी गर्ने २३ जना पक्राउ

Newslaya Home

सवारीसाधनको टिकटमा ठगी गर्ने २३ जना पक्राउ

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेसँगै सवारीसाधनको भाडादरमा अनुगमन सुरु गरेको छ ।

शुक्रबार अनुगमनका क्रममा तोकिएभन्दा बढी भाडा लिएको अभियोगमा २३ जनालाई पक्राउ गरिएको हो ।

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल गरेको सूचनाका आधारमा खटिएको प्रहरीले बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साहलगायतलाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सरकारले एसइईलगायत सबै परीक्षा स्थगित गर्दै, रात्रिकालीन मनोरञ्जन क्षेत्रलगायत बन्द गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यका बाहिर स्थायी रुपमा बस्दै आएकाहरु घर फर्कन थालेका हुन् ।