गायिका प्रविशाको गीत “बतास” सार्वजनिक

Newslaya Home

गायिका प्रविशाको गीत “बतास” सार्वजनिक

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । अहिलेकी लोकप्रिय गायिका प्रविशा अधिकारीको नयाँ गीत “बतास” सार्वजनिक भएको छ ।

गीतमा रमेश दाहालको शब्द तथा कमल खनालको संगित रहेको छ । शान थापाको निर्देशन रहेको गीतमा स्वयम् प्रविशालाई देख्न सकिन्छ । गीतलाई सबै दर्शक श्रोताले मन पराउने उनले विश्वास व्यक्त गरीन् ।

हाल पाश्र्व गायनमा अत्यन्तै व्यस्त रहेकी अधिकारीले चाँडै अन्य गीतहरु दर्शक श्रोता माझ ल्याउने बताइन् ।