अफगानिस्तानमा विस्फोट हुँदा आठ जनाको मृत्यु

Newslaya Home

अफगानिस्तानमा विस्फोट हुँदा आठ जनाको मृत्यु

शुक्रबार ०७, चैत २०७६

काठमाण्डौ । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा विस्फोटमा हुँदा आठ जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ प्रान्तीय राजधानी तालुकानको बाहिरी इलाकामा भएको विस्फोटमा परी दुई सर्वसाधारण र ६ तालिबानी लडाकूको मृत्यु भएको हो ।

उक्त घटनामा अन्य २२ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल खालिलले सिन्हवा समाचार समितिलाई जानकारी दिए । व्यस्त सडक इलाकालाई लक्ष्य गर्दै तालिबानी लडाकू समूहले सो विस्फोटक पदार्थ बोकेर हिडेका जनाइएको छ ।

अफगानिस्तानका तालिबान लडाकू समूहले सुरक्षाबललाई लक्ष्य गर्दै घरमा निर्माण गरिएका बमलगायत अन्य विष्फोटक पदार्थहरू विस्फोटन गराउदै आएका छन् ।