एसइई दिन गएकी किशोरीको बसबाट खसेर मृत्यु

Newslaya Home

एसइई दिन गएकी किशोरीको बसबाट खसेर मृत्यु

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । प्यूठानमा एसइई दिन गएकी एक किशोरीको बसबाट खसेर मृत्यु भएको छ ।

गत मंगलबार प्यूठान नगरपालिका– ७ पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना ३ ख ३८८३ नम्बरको बसमा चढ्ने क्रममा लडेर किशोरीको मृत्यु भएको हो ।

उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा नं ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको काठमाण्डौंको ब्लुक्रस हस्पिटलमा उपचारका क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताए ।

घाइते भण्डारीलाई भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि पुनःकाठमाण्डौंको ब्लुक्रस हस्पिटल लगिएको थियो ।