श्रीलंकाले देशभर कर्फ्यू जारी गर्ने घोषणा

Newslaya Home

श्रीलंकाले देशभर कर्फ्यू जारी गर्ने घोषणा

शुक्रबार ०७, चैत २०७६

एजेन्सी । श्रीलंकाले शुक्रबार साँझदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गर्ने भएको छ ।

कोरोना भाइरसको रोकथाम गर्न राष्ट्रपति गोटबाया राजपक्षले देशभर कर्फ्यू जारी गर्ने घोषणा गरेका हुन् । कर्फ्यू जारी भएसँगै सार्वजनिक यातायात र महत्वपूर्ण सेवाहरू मात्रै सुचारू गर्ने बताइएको छ ।

गत बिहीबार संसदिय चुनावलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको श्रीलंकाले सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको छ । श्रीलंकामा अहिलेसम्म ५३ जना कोरोना संक्रमित बिरामीहरू छन् ।