इलाममा किशोरीको बलात्कारपछि हत्या

Newslaya Home

इलाममा किशोरीको बलात्कारपछि हत्या

शुक्रबार ०७, चैत २०७६

इलाम । इलाममा १७ वर्षीय एक किशोरीको बलात्कारपछि हत्या भएको छ ।

सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीय आकृति राईको मंगलबार बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन घरबाट हिँडेकी राईको शव बुधबार फेला परेको थियो ।

बलात्कार गरी खाडलमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुखले जानकारी दिएका छन् । विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आकृति टाउको प्लास्टिकको बोरामा हालेर पुरिएको अवस्थामा शव भेटिएको थियो । अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएकोमा एक जनाले आफैंले हत्या गरेको बयान दिएका हुन् । सूर्योदय–१३ लक्ष्मीपुरका रोशन राईले आफूले आकृतिलाई बलात्कार गरी हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।