कोरोना भाइरसको कारण मापसे जाँच स्थगित

Newslaya Home

कोरोना भाइरसको कारण मापसे जाँच स्थगित

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । ट्राफिक प्रहरीले मापसे जाँच समेत स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर मापसे जाँच रोकिएको र अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

ट्राफिक प्रहरीले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।