कोरोना त्रासले उपत्यका छाडनेको संख्या बढ्यो

Newslaya Home

कोरोना त्रासले उपत्यका छाडनेको संख्या बढ्यो

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । कोरोना भाइरसको त्रासले काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढेको छ । बिहीबार १ लाख ८ हजार ४५८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

तथ्याङ्क अनुसार बिहीबार १५ हजार १ सय ४० सवारी साधन काठमाडौं भित्रिएका छन् भने १५ हजार ५ सय ५४ बाहिरिएका छन् । सरकारले स्कुल, कलेज, विश्वविद्यालयमा समेत बिदा दिने निर्णय गरेकाले उपत्यका छाड्नेको संख्या बढेको बताइएको छ ।

बिदा भएकाले घर जानेको संख्या बढेको हो । घर जाने यात्रुको संख्या बढेपछि नयाँ बसपार्क लगायतका स्थानमा यात्रुको चाप बढेको छ ।