बाजुरामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु, अन्य संक्रमित

Newslaya Home

बाजुरामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु, अन्य संक्रमित

शुक्रबार ०७, चैत २०७६

काठमाण्डौ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु भएको छ ।

वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको जनाइएको छ ।

उनका अनुसार, खम्वीरसिंह थापाको यही चैत ५ गते र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो । अहिले सो गाउँपालिकाको वडा नं १ र २ का बालबालिका तथा वृद्धवृद्धा बिरामी परेको बताइएको छ । ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्षले जानकारी दिएका छन् ।

स्वास्थ्य कार्यालय, बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिएका छन् ।