कारोना त्रासः नाम्चेका होटल अनिश्चितकालका लागि बन्द

Newslaya Home

कारोना त्रासः नाम्चेका होटल अनिश्चितकालका लागि बन्द

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । पर्यटकीय क्षेत्र सोलुखुम्बुस्थित नाम्चेका होटल तथा लज अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणप्रति सतर्क रहँदै नाम्चेमा रहेका होटल तथा लज बन्द गरिएको हो ।

लज एण्ड होटल एशोसिएसन, नाम्चेले एक विज्ञप्ति जारी गर्दै यो निर्णय शुक्रबार (आज) देखि कार्यान्वयनमा आएको जनाएको छ । सरकारले अर्को निर्णय लिएपछि भने बन्द होटल पूर्ववत् सञ्चालनमा ल्याइने एशोसिएसनले जनाएको छ ।

सरकारको उच्चस्तरीय समन्वय समितिले हालै कोरोनाप्रति सतर्कता अपनाउन विभिन्न निर्णय गरेको थियो ।