कोरोनाको प्रभाव : उपत्यकाबाट दैनिक २ लाख बाहिरिँदै

Newslaya Home

कोरोनाको प्रभाव : उपत्यकाबाट दैनिक २ लाख बाहिरिँदै

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । काठमाडौं उपत्यकाबाट दैनिक दुई लाख यात्रु बाहिरिन थालेका छन् ।

कोरोनाको त्रासले सरकारले चैत्र मसान्तसम्म शैक्षिक प्रतिष्ठानहरू बन्द गरेपछि अधिकांश विद्यार्थी आ–आफ्नो थलो फर्किन थालेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबार २ लाख यात्रु काठमाडौंबाट बाहिरिँदै छन् ।

१० चैत्रसम्मका लागि उपत्यकाबाहिर जाने सार्वजनिक सवारीसाधनको टिकट बुक भइसकेको छ । बिहीबार मात्रै निजी र सार्वजनिक सवारीसाधनबाट २ लाख यात्रु बाहिरिएको उनको भनाइ छ ।

काठमाडौंबाट बाहिरिने सवारीसाधनको संख्यामा वृद्धि भएसँगै उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनको संख्यामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यातायात व्यवस्था विभागले १३ चैत्रदेखि सवारीचालकको नयाँ लाइसेन्स (अनुमतिपत्र) जारी गर्ने र वर्ग थप गर्ने कार्य पनि स्थगित गरेको छ ।

लाइसेन्स लिने ठाउँमा अत्यधिक भिड हुने भएकाले स्थगित गर्नुपरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।