कोरोनाभाइरस : इटलीमा मृत्यु हुनेको सङ्ख्या सर्वाधिक, चीनभन्दा पनि माथि

Newslaya Home

कोरोनाभाइरस : इटलीमा मृत्यु हुनेको सङ्ख्या सर्वाधिक, चीनभन्दा पनि माथि

शुक्रबार ०७, चैत २०७६

बिबिसि । इटलीमा कोरोनाभाइसका कारण एकै दिनमा ४२७ जनाको ज्यान गएपछि त्यहाँ कोभिड(१९ रोगका कारण मृत्यु हुने बिरामीहरूको सङ्ख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी पुगेको देखिएको छ।

इटलीमा मृत्यु हुनेको सङ्ख्या ३,४०५ पुगेको अधिकारीहरूले जनाएका छन्। त्यो सङ्ख्या गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो।

चीनमा अहिलेसम्म ३,२४९ जनाको ज्यान गएको बताइएपछि तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्नहरू उठी नै रहेका छन्।