काठमाडौंमा भूकम्पको धक्का

Newslaya Home

काठमाडौंमा भूकम्पको धक्का

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्प गएको हो ।

केही सेकेन्ड धक्का महसुस गरिएको छ । अन्य विवरण आउन बाँकी छ ।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले जनाएअनुसार चीनको तब्बत केन्द्रविन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पका धक्का बंगलादेश, भारत र भुटानमा समेत महसुस भएको जनाइएको छ । नेपालमा भूकम्पको धक्का काठमाडौँ लगायत आसपासका जिल्लामा महसुस भएको छ ।