कोरोना त्रास : प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

Newslaya Home

कोरोना त्रास : प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

बिहीबार ०६, चैत २०७६

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितका लागि स्थगित भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै बैठक स्थगित भएको हो ।

सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभाको बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकको निर्णय बमोजिम कोरोना भाइरस संक्रमण रोकथामका लागि संसद बैठक स्थगित गरेको जानकारी दिए ।