मोरङबाट लागुऔषधसहित दुई जना पक्राउ

Newslaya Home

मोरङबाट लागुऔषधसहित दुई जना पक्राउ

बिहीबार ०६, चैत २०७६

मोरङ । मोरङको सुनवर्सी नगरपालिकास्थित मिलन चोकबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार बिहीबार दिउँसो भारतीय नाकाबाट नगरपालिकातर्फ मे ४ प नम्बरको मोटरसाइकलमा आएका पथरीशनिश्चरे नगरपाकालिकाका दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा २८ वर्षीय काजीमान विक र शिवनारायण चमारको साथबाट कोरेक्स १ थान, नाइट्राभेट ४९ ट्याब्लेट, र स्पोभन १६ ट्याब्लेट बरामद गरिएको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।