कोरोना त्रास : शीर्ष नेताको भेटघाट र बैठक पनि स्थगित

Newslaya Home

कोरोना त्रास : शीर्ष नेताको भेटघाट र बैठक पनि स्थगित

बिहीबार ०६, चैत २०७६

काठमाडौं । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको रोकथाम तथा सचेतनाको लागि सरकारले सुरक्षा संयन्त्र मजबुत पारिसकेको छ । बुधबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १५ बुँदे निर्णय गर्‍यो ।

बैठकले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सरकारले अबको डेढ महिनासम्मलाई एकै ठाउँ २५ जनाभन्दा धेरै भेला हुन नपाउने नियमसमेत ल्याएको छ । बैठकले आगामी अप्रिल ३० सम्मका लागि सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, डान्सबार, क्लब, म्युजियम, जिम, पौडी पोखरी र अन्य मरोरञ्जनस्थल पनि बन्द गर्ने निर्णय समितिले गरेको छ ।

पार्टी प्यालेस, मन्दिर, गुम्बा, मस्जिद र चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा उक्त संख्या भन्दा धेरै मान्छे जम्मा हुन नदिन गृह मन्त्रालयसहितलाई अनुगमनको जिम्मेवारी दिइएको छ ।

साथै, बैठकले एसइई परीक्षासमेत स्थगित गरिसकेको छ। सरकारको कोरोनाको सचेतनाका लागि सबै विद्यालय, कलेज लगायतको कामकाजलाई रोक्दा सत्ताधारी दलका नेताहरूले समेत भेटघाट कार्यक्रमलाई स्थगन गरेर बस्‍न थालेका छन् ।