भारतमा कोरोनाबाट थप एक जनाको मृत्यु

Newslaya Home

भारतमा कोरोनाबाट थप एक जनाको मृत्यु

बिहीबार ०६, चैत २०७६

काठमाडौं । भारतमा कोरोना भाइरस ‘कोभिड–१९’ का कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।

एनडीटीभीका अनुसार बिहीबार पञ्जाबमा ७० वर्षीय एक व्यक्तिको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको हो । चार दिन अघि जर्मनीबाट इटाली हुँदै फर्किएका व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

हालसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७४ पुगेको छ भने १६० जनामा रोगको संक्रमण बाँकी नै छ ।