मोरङको टाँडीमा बन्यो २ सय शय्याको क्वारेन्टाइन

Newslaya Home

मोरङको टाँडीमा बन्यो २ सय शय्याको क्वारेन्टाइन

बिहीबार ०६, चैत २०७६

विराटनगर । मोरङको टाँडीस्थित सूर्यदल गणको सुरक्षा गुल्म परिसरमा २ सय शय्या क्षमताका क्वारेन्टाइनस्थल निर्माण गरिएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न प्रदेश नं १ सरकारको कार्य योजनामा नेपाली सेना पूर्वी पृतना हेडक्वार्टरको पहलमा २ सय शय्या क्षमताको क्वारेन्टाइन स्थल निर्माण गरिएको हो ।

न्यूनतम स्वास्थ्य मापदण्ड कायम गर्नेगरी ५ मिटरको फरकमा पालको दूरी रहेको क्वारेन्टाइनमा प्रत्येक पालभित्र २–२ जना अट्ने शय्या राखिएको पूर्वी पृतनाले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । क्वारेन्टाइनमा २५ वटा ट्वाइलेट/बाथरुम रहेको जनाइएको छ ।