मोरङको रंगेलीबाट मोटरसाईकल चोरी

Newslaya Home

मोरङको रंगेलीबाट मोटरसाईकल चोरी

बिहीबार ०६, चैत २०७६

मोरङ । मोरङको रंगेली नगरपालिका–७ स्थित मुख्य बजारबाट मोटरसाईकल चोरी भएको छ ।

रंगेली ७ बसपार्क घर भएका राजु मह्तोको को १५ प ६५३६ नम्बरको रातो कालो रंगको मोटरसाइकल मंगलबार बेलुकी चोरी भएको हो ।

हटिया गर्ने बजारमा किनमेल गर्ने गएको बेला चोरी भएको पीडितले बताएका छन् । रंगेलीमा जडान भएको सिसि टिभि को माध्यमबाट चोरको पहिचान गरिने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।