धरानमा ९० वर्षीयाको जलेर मृत्यु

Newslaya Home

धरानमा ९० वर्षीयाको जलेर मृत्यु

बिहीबार ०६, चैत २०७६

धरान । सुनसरीको धरान–१६ स्थित एक वृद्धाको जलेर मृत्यु भएको छ ।

बिहीबार बिहान आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा जलेर ९० बर्षीया आशा देवी रानाको मृत्यु भएको हो ।

धुपबाती बाल्ने क्रममा आफैले लगाएको कपडामा अचानक आगो सल्किन गई शरिरको विभिन्न भागहरु जलेर घाइते भएकी रानाको उपचारको क्रममा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।