कार्यकक्षमै कुटिए गाउँपालिका अध्यक्ष

Newslaya Home

कार्यकक्षमै कुटिए गाउँपालिका अध्यक्ष

बिहीबार ०६, चैत २०७६

काठमाण्डौं । जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलमाथि कार्यकक्षमै कुटपिट भएको छ ।

आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले लठ्ठी प्रहार गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले जानकारी दिए ।

शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी भएको बताइएको छ । पक्राउ परेका शर्माले भने अध्यक्षमाथि लठ्ठी प्रहार नगरेको बताएका छन् ।