६ बोरा मास्कसहित दुई जना पक्राउ

Newslaya Home

६ बोरा मास्कसहित दुई जना पक्राउ

बिहीबार ०६, चैत २०७६

वीरगन्ज । नेपालबाट भारत तस्करी गर्न लागिएको ६ बोरा मास्कसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पर्साको सीमावर्ती बजार भिस्वा जाँदै गरेको रात्रीबस पोखीयामा रोकेर चेकजाँच गर्ने क्रममा २० हजार थान मास्कसहित पर्साको छिपहरमाई गाउँपालिका ५ घर भएका ३८ वर्षीय सुनिल जयसवाल र २६ वर्षीय अजय महतो कोइरीलाई पक्राउ गरिएको हो ।

कोरोना भाइरसको महामारी फैलिएर नेपाली बजारमा मास्कको अभाव भइरहेको बेला तस्करीका लागि भारत लैजाँदै गरेको अवस्थामा मास्कसहित दुवैलाई पक्राउ गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र बरामद गरिएको मास्कको विषयमा प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने प्र्हरीले जनाएको छ ।