नक्कली नोटसहित दुईजना पक्राउ

Newslaya Home

नक्कली नोटसहित दुईजना पक्राउ

बिहीबार ०६, चैत २०७६

काठमाण्डौं । रामेछापको खाँडादेवी गाउँपालिकाका दुई जनालाई नक्कली नेपाली नोटसहित पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले खाँडादेवी गाउँपालिका–१ चुरे बस्ने ५२ वर्षीय ढकलबहादुर तामाङ र सोही नगरपालिका–२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको साथबाट १ हजार दरका २२ हजार रुपैयाँ र उनीहरुले विभिन्न व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली मुद्रा बरामद गरेको प्रहरीले जनाएको छ ।