झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

Newslaya Home

झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

बिहीबार ०६, चैत २०७६

झापा । झापाको बिरिङ खोला नजिक ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान खोला तर्फ जाँदै गरेको मे १ त ४९११ नम्बरको ट्याक्टरले ठक्कर दिंदा अर्जुनधारा नगरपालिका–४ का १७ बर्षीय मन कुमार थापाको ज्यान गएको हो ।

ठक्करबाट घटनास्थलमा नै मृत्यु भएका थापाको कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयय अनारमनीले जनाएको छ ।